कपिलवस्तु सामुदायिक अस्पताल बन्द

स्थानीय स्वास्थ्य सेवाको मेरुदण्ड मानिने कपिलवस्तु सामुदायिक अस्पताल एकाएक अनिश्चितकालका लागि ताला ठोकिएपछि वाणगंगामा स्वास्थ्य आपतकालको स्थिति सिर्जना भएको छ। बुधवार साँझ ४ बजेदेखि सम्पूर्ण सेवा ठप्प हुँदा भर्ना भएका बिरामीहरूलाई सडकमा छाडिएको स्थानीयको गुनासो छ।

यसबीच, बिना पूर्वसूचना सेवाबाट हटाइएका डाक्टर, नर्स र कर्मचारी आन्दोलित बनेका छन्। उनीहरूले खुला चेतावनी दिएका छन्, स्वास्थ्य सेवा खेलौना होइन, यो बेइमानी हो ?
अस्पताल बन्दसँगै सयौं बिरामी उपचार अधुरै छाडेर घर फर्कन बाध्य भएका छन्। कसैले ट्याब्लेट त कसैले सलाइन अधूरो छाडेर अस्पतालबाट निस्कनुपरेको पीडादायी दृश्य अझै स्थानीयको आँखामा ताजा छ।
वास्तवमा, यो अस्पतालको संकटको जरो गहिरो राजनीतिक दलदलमा गाडिएको छ। विशेषतः नेपाली कांग्रेसभित्रको गुटबन्दी र शक्ति प्रदर्शनले अस्पताललाई संस्थागत हैसियतबाट खिचेर निजी राजनीतिक अखाडा बनाएको स्थानीयले आरोप लगाएका छन्।
अस्पताल सञ्चालक समितिका अध्यक्ष शिवचन्द्र आचार्य र महासचिव बुद्धि बहादुर रोकाहा दुबै नेपाली कांग्रेससँग सम्बद्ध हुन्। तर उनीहरूबीचको वर्चस्वको लडाइँ अहिले अस्पताल बन्दको रुपमा सतहमा आएको हो।
अध्यक्ष भन्छन् — अस्पताल घाटामा छ, बन्द गर्नु बाध्यता थियो,
महासचिव भन्छन् — मर्मतको लागि मात्रै बन्द गरेका हौं,

खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड

प्रतिक्रिया