

शिक्षक महासंघले भन्यो– आन्दोलनमा घुसपैठ भयो



काठमाडौं । नेपाल शिक्षक महासंघले आफूहरूको आन्दोलनमा सरकारपक्षबाटै घुसपैठ भएको दाबी गरेको छ । घुसपैठकै कारण झडपको स्थिति सिर्जना भएको महासंघको भनाइ छ ।
नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन राईले आफहरूले शान्तिपूर्ण आन्दोलन भाड्न घुसपैठ भएको जिकिर गरे ।
“शान्तिपूर्ण शिक्षक आन्दोलन भाड्नका लागि घुसपैठ भएको छ । घुसपैठ गर्ने दुईजनालाई प्रहरीले लाठी चार्ज गरेपछि उहाँहरूले माफी मागिसक्नुभएको छ,” राईले भने ।
आज बानेश्वर क्षेत्रमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । झडपमा परेर केही शिक्षक घाइते भएको महासंघले जनाएको छ ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले अहिले स्थिति सामान्य बनिसकेको बताइन् । “अहिले आन्दोलन शान्तिपूर्णरूपमा चलिरहेको छ,” उनले भनिन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया