कपिलवस्तुसहित तराईका जिल्लामा बढ्यो गर्मी

कपिलवस्तु । वैशाख लागेसँगै कपिलवस्तुसहित तराईका जिल्लामाहरूमा अत्याधिक रूपमा गर्मी बढेको छ । अप्रत्यासित रूपमा गर्मी बढेपछि तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ । त्यसमा पनि पछिल्लो तीन÷चार दिन यता कपिलवस्तु लगायतका तराईका जिल्लाहरूमा दिउँसोको समयमा बाहिरै निस्कनै नसकिने गरी गर्मी बढेको हो ।

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भू–भागमा केहि स्थानमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्ने जनाए पनि शनिबार दिउँसो भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो भने कपिलवस्तुमा पनि ४० डिग्री तामक्रम पुगेको थियो । बिहीबार दिउँसोदेखि रूपन्देही, कपिलवस्तु, दाङ, बाँके लगायतका जिल्लामा चर्को गर्मीसहित तातो हावा (लु) समेत चलेको थियो ।

गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी मर्कामा परेको कपिलवस्तुका स्थानीय प्रेम पाण्डेले बताए । उनले चर्को घाम र तातो हावाले बालबालिका र वृद्धवृद्धाहरूलाई सकेसम्म बाहिर जानबाट जोगाउनुपर्ने बताए ।

तराईका जिल्लाहरूमा चर्को घामसँगै तातो हावा चल्न सुरु गरेपछि दिउँसो घरबाटै बाहिर निस्कनै नसकिने अवस्था आएको स्थानीय व्यववसायीहरुको भनाइ छ । बजारमा मानिसहरुको चहलपहल समेत दिउसोको समयमा घटेको छ ।

अत्यधिक गर्मीका कारण अस्पतालमा बिरामीहरूको चाप समेत बढेको छ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ भने कपिलवस्तुका विभिन्न अस्पतालहरुमा पनि साबिको समयमा भन्दा बिरामीको संख्या बढी रहेका छन् । खासगरी मौसमी फ्लु र भाइरल ज्वरोका बिरामी अब अस्पतालमा बढी आउने गरेको चिकित्सकहरुको भनाइ छ ।

गर्मी बढेसँगै अस्पतालहरूमा झाडा पखाला लाग्ने, ज्वरो आउने, कमजोरी महसुस हुने तथा छालामा समस्या देखिएका बिरामीहरूको भिड लाग्ने गरेको चिकित्सकले बताएका छन् । चर्काे घाम र तावा हावा चलेका बेला सकेसम्म बाहिर ननिस्कन आम नागरिकलाई सुझाव छ । बाहिर निस्कनै परे शरिर पुरै छोप्ने गरी कपडा लगाएर, छाता ओडेर र झोलिलो चिज प्रसस्त मात्रामा सेवन गरेर मात्र हिड्न उहाँको आग्रह छ । गर्मीको समयमा अरू व्यवसायको व्यापार घटे पनि जुसजन्य पदार्थको व्यापार भने बढको छ ।

प्रतिक्रिया

खबर सबै