

नेसपा (नयाँ शक्ति) ले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र



प्युठान | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले देशमा आर्थिक समस्याप्रति राज्यको ध्यानाकर्षण गराउँदै तिनको दीर्घकालीन समाधानका लागि दबाब दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय प्युठानमा धर्ना दिँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ
नेसपा समाजवादी प्युठानका इन्चार्ज पङ्कज राईले प्रशासन कार्यालय धर्ना दिँदै प्युठानका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको बताए ।
उनले देश राजनीतिक अस्थिरता, आर्थिक अनियमितता र बढ्दो भ्रष्टाचारको चपेटामा परेको बताउँदै ठुला योजनामा हुने आर्थिक अनियमितता, कमिसनको खेल, र सार्वजनिक सम्पत्तिको दोहनले देशलाई जरैदेखि कमजोर बनाइरहेकोले रोक्न माग गरिएको छ ।
उनले देशमा प्रत्यक्ष निर्वाचन राष्ट्रपति प्रद्वति लागू गर्नुपर्ने माग रहेको बताए ।विशेषतः राज्यका विभिन्न निकायहरूमा देखिएको अनियमितता र जवाफदेहीताविहीनता, तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगले समग्र शासन व्यवस्थामा आम नागरिकको विश्वास घट्दो क्रममा छ ।
यस्तो अवस्थालाई मध्यनजर गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित प्रशासनिक प्रणालीको निर्माण अपरिहार्य भएको ज्ञापनपत्रमा उल्लेख छ।
पार्टीका प्युठान जिल्ला अध्यक्ष श्याम गहतराजले शान्तिपूर्ण धर्नादेखि अन्य विभिन्न दबाब मूलक कार्यक्रम पार्टीले निरन्तर गरिरहने बताए ।
ज्ञापनपत्रमा युवाहरूको व्यापक विदेश पलायन, कृषिमा लाग्ने जनशक्तिको कमी, र उत्पादनको उचित मूल्य नपाउनुले दीर्घकालीन आर्थिक असन्तुलन निम्त्याइरहेको सन्दर्भमा, कृषि, लघु उद्यम र घरेलु उत्पादनमा लगानी वृद्धि गरी स्वदेशमै स्वरोजगारको वातावरण सिर्जना गर्नु आजको आवश्यकता उल्लेख गरिएको छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया