भारतको कस्मिर घटनामा परि मृत्यु हुनेमा बुटवलका सुदिप न्यौपाने

बैशाख १० मंगलबार भारतको जम्मु–कस्मिरमा बन्दुकधारीको आक्रमणबाट मृत्यु हुने नेपाली युवा बुटवलका रहेकोे पुष्टि भएको छ।

जम्मुकस्मिर स्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीको आक्रमणमा परि बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का अन्दाजी २७ बर्षिय सुदिप न्यौपाने रहेको सोही वडाका वडा अध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए।

वडा अध्यक्ष न्यौपाने र मृतक सुदिप नातामा काका भतिज हुन्। वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरुको उक्त समुहले बाटोमा हिड्दै गरेका सुदिपलाई कुन धार्मिक समुहको हो भन्दै सोधेपछी एकाएक गोली हानेको थियो। आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदिपले धरानमा पब्लिक हेल्थ अध्ययन गर्दै आएका थिए।

गत सनिवार आमा रिमा पाण्डे, दिदि सुश्मा र भिनाजु उज्ज्वल काफ्ले सहित घुम्न भन्दै कस्मिर गएका सुदिपमाथी बन्दुकधारीहरुले अचानक आक्रमण गरेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए।

मृतक सुदिपको शवलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको उनले बताए। झशवलाई कस्मिरबाट दिल्ली र दिल्ली बाट काठमाडौं ल्याउने तयारी गरिएको छ, अहिले म काठमाडौ जाँदै छु,’ वडा अध्यक्ष न्यौपानेले भने।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पनि कस्मिरमा भएको आक्रमणमा परि बुटवलकै युवा सुदिपको मृत्यु भएको पुष्टि गरे।

प्रतिक्रिया

खबर सबै