

बिहान देखि नै चर्कीदै शिक्षक आन्दोलन, दिउँसो राप्रपाको प्रदर्शन





काठमाडौं – चैत्र २० गते देखि काठमाडौँमा जारी शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि नै शुरु हुने भएको छ । शिक्षक महासंघले बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म हुने बताएको छ ।
दिउसो सोहि ठाउँमा राप्रपाको प्रदर्शनलाई दृष्टिगत गर्दै आन्दोलनको दैनिक तालिका अगावै प्रदर्शन हुने भएको हो । शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ ।
अन्य दिन शिक्षक आन्दोलन दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला–नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । आज बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुँदा कार्यालय समयको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहानदेखि नै नयाँ बानेश्वर–माइतीघर सडकको डाइभर्सन गरिने भएको छ । उक्त रुटको विकल्पमा हनुमानस्थान–थापागाउँ खण्ड प्रयोग गरिने ट्राफिक कार्यालयले जानकारी दिएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया