

कपिलवस्तुसहितका जिल्लामा आज बिहानै देखि वर्षा, देउखुरीमा सबैभन्दा बढी वर्षा मापन


पानी पार्ने प्रणाली पश्चिम नेपालका भूभागबाट पूर्वतिर सरिरहेको छ । यो प्रणालीको प्रभावले कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीसम्म पानी पार्ने सम्भावना छ । लुम्बिनी प्रदेशका कपिलवस्तुसहितका जिल्लामा आज बिहानै देखि वर्षा भइरहेको छ । यो अझै कायम रहने अनुमान गरिएको छ ।
पछिल्लो एक घण्टायता दाङ देउखुरीको लालमटियामा सबैभन्दा धेरै पानी परेको छ । विभागका अनुसार लालमटियामा एक घण्टाको अवधिमा ४६ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी लमहीमा ३५.६ र बगासोतीमा २५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । हाँसीपुरमा १७.६ मिलिमिटर र कोइलाबासमा १३.८ मिलिमिटर पानी परेको छ ।
यसैगरी दाङको सदरमुकाम घोराही, रोल्पाको लिवाङ र प्युठानको स्वर्गद्वारीमा पनि पानी परेको छ । ६ घण्टा अघिसम्म कर्णाली र सदूरपश्चिमका जिल्लामा पनि राम्रो वर्षा भएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । त्यसको प्रभावले मेघगर्जनरचट्याङसहित पानी पार्ने प्रणाली विकसित भएको छ । यो प्रणाली पश्चिमबाट पूर्वतिर सरिरहेको छ ।
६ घण्टा अघिसम्म सुदूरपश्चिमका डडेलधुरा, कञ्चनपुर, बैतडी लगायतका स्थानमा मेघगर्जनरचट्याङ्ग सहित पानी परेको थियो । सो प्रणाली पूर्वतिर सर्दै कर्णाली र हुँदै लम्बिनी आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीले गण्डकीसम्म पानी पार्ने सम्भावना छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया