

चार देशीय टी–२० सिरिजमा नेपालकाे लगातार दोस्रो जित


नेपालले चार देशीय टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ।
मिसन रोड मैदानमा भएको बिहीबार बिहानको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो। जितसँगै नेपालले फाइनलको सम्भावना उच्च बनाएको छ।
नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो। योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अंक पुर्याएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल शनिबार घरेलु टोली हङकङसँग खेल्ने छ। कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो।
ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ रन बनाएका थिए। उनले ५० बलमा समान ६ चौका र छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३८ बलमा दुई चौका र चार छक्कासहित ५३ रन बनाए।
कुशल मल्ल चार र दीपेन्द्रसिंह ऐरी ३१ रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेल चार र गुल्सनकुमार झा नौ रनमा अविजित रहे।
हङकङका यासिन पटेलले सर्वाधिक दुई विकेट लिए भने चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। मोहम्मद शफिक र अस्लामले एक/एक विकेट लिए। त्यसअघि पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रनको योगफल तयार गरेको थियो।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया