

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के के भए निर्णय ?

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार बसेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय सेवासम्बन्धी नियमावली, बजेट व्यवस्थापनसम्बन्धी निर्णयहरू गरेको छ ।
बैठकले स्थानीय निजामती सेवा नियमावली, २०८१ लाई प्रदेश लोक सेवा आयोगको परामर्शका लागि पठाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।
बैठकले प्रदेश समपुरक अनुदान व्यवस्थापन दोस्रो संशोधन कार्यविधि, २०८१ स्वीकृत गर्ने, प्रदेशका आयोजनाको बहुवर्षीय ठेक्का सम्झौतासम्बन्धी मापदण्ड, २०८१ स्वीकृत गर्ने तथा आगामी आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्ने अनुदानको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सामयिक कर तथा राजस्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा स्वीकृति प्रदान गर्ने निर्णय पनि गरिएको छ ।
त्यसैगरी, संघीय सरकारबाट हस्तान्तरण भई कार्यान्वयनमा रहेका आयोजनाहरूका लागि बजेट माग गर्ने निर्णय गरिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया