

राप्रपाले भन्यो- आयोग बनाएर तीनकुने घटना छानबिन हुनुपर्छ, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ





काठमाडौं | राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेमा भएको घटनाका छानबिनका लागि स्वतन्त्र छानबिन आयोग गठनको माग गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाएर राप्रपाले राजावादीले चैत १५ गते तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका लागि आयोग गठनको माग गरेको हो ।
राप्रपाको ध्यानाकर्षण पत्रमा उक्त घटना छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग र नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गरिनुपर्ने भनिएको छ ।
राप्रपाले छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गरिनुपर्ने पनि माग गरेको छ ।
राप्रपाले मृतक सबिन महर्जन र पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था गर्नुका साथ सरकारले राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवलसम्शेर राणालगायत अन्यमाथिको झुठा मुद्दा खारेज र निर्दोषहरूलाई रिहाइ गर्नुपर्ने र घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने पनि माग गरेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया