

सानिमा जिआईसीका ग्राहकलाई अब ॐ हस्पिटलमा उच्च स्तरको उपचार सेवा, क्यासलेस सेवासम्बन्धी सम्झौता



काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सानिमा जिआईसी इन्स्योरेन्सबीच सेवा सम्झौता भएको छ।
काठमाडौं गैह्रिधारास्थित सानिमा जिआईसी इन्स्योरेन्सको मुख्य कार्यालयमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सेवा सहजीकरण तथा क्यासलेस सेवासम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार सानिमा जिआईसी इन्स्योरेन्सका ग्राहकलाई ॐ हस्पिटलमा उपलब्ध उच्चस्तरको स्वास्थ्य उपचार सेवा अस्पतालको नागरिक बडापत्रमा उल्लेख गरिएअनुसार उपलब्ध गराउने, इन्स्योरेन्स समबद्ध अधिकारीहरुलाई अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई अस्पतालको नियमानुसार भेट्न सहजीकरण गरिदिने, इन्स्योरेन्स सम्बद्ध चिकित्सकहरुलाई ॐ अस्पतालका उपचारमा संलग्न चिकित्सकहरुसँग उपचार योजनाबारे छलफल तथा परामर्शका लागि सहजिकरण गरिदिने, उपचारका बिल बिजकहरु तथा मेडिकल रेकर्डहरुबारे आवश्यकताअनुसार सानिमा जिआईसीका अधिकारीहरुलाई जानकारी दिने, हरेक बिरामीको उपचारका बिल बिजकहरु अलग्गै अडिट गर्नुपर्ने देखिएमा निश्चित समय तोकेर सहजीकरण गरिदिनेलगायका बुँदाहरु समेटिएका छन्।
सेवाग्राही पहिचानका लागि ॐ हस्पिटलले सानिमा जिआईसीद्वारा जारी गरिएको ग्राहक पोलिसी डकुमेन्टको फोटो हेरेर सेवा उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख छ। संस्थागत कर्मचारीहरुको हकमा सानिमा जिआइसीद्वारा जारी संस्थागत सिफारिसपत्र वा पूर्वप्रमाणीकरणपत्र अनिवार्य रुपमा बुझाउनुपर्नेछ। अस्पतालले सेवाग्राहिको परिचय पत्रको फोटोकपि अनिवार्य रुपमा लिएर बिल पठाउँदा संलग्न गरी पठाउनु पर्नेछ।
सानिमा जिआर्इसी सम्बद्ध सामान्य विरामीको उपचारपूर्व अस्पतालले अनिवार्य रुपमा २४ घन्टाधित्र तोकिएको ढाँचामा इन्स्योरेन्स कम्पनीको फाराम ‘एनेक्स ए’ अनुसार जानकारी गराउनुपर्नेछ।
सानिमा जिआर्इसीले अस्पतालले खबर गरेको दुई दिनभित्र भुक्तानीको जिम्मेवारीपत्र (ग्यारेन्टी अफ पेमेन्ट) वा आधाकारिकतापत्र (अथोराइजेसन लेटर) पठाउनुपर्नेछ । जसका आधारमा उपचार सेवा बापत अस्पतालले जारी गरेको बिल बिजक इन्स्योरेन्समा प्राप्त भएको मितिले २१ दिनभित्र भुक्तानी गरिनेसमेत उल्लेख छ।
सम्झौतामा ॐ हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन्।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया