

खानेतेलको भाउ प्रतिलिटर ४० रुपैयाँसम्म बढ्यो



चार महिनाको अन्तरमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ। नेपालमा उत्पादित तेल भारतमा निर्यात हुनेक्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो।
नेपाल खुद्रा व्यापार संघका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपैयाँ बढेको छ। गएको पुसमा प्रतिलिटर ३७० रुपैयाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ रुपैयाँ बढेर प्रतिलिटरको ४१० रुपैयाँ खुद्रा मूल्यमा किनबेच भएको संघले जनाएको छ । संघका अनुसार सो अवधिमा काँचो तोरी तेल प्रतिलिटर ३१० रुपैयाँमा पाइनेमा १५ बढेर प्रतिलिटर ३२५ रुपैयाँमा कारोबार भएको छ।
उद्योगीले भने भारतमा निर्यात गरेर मूल्य बढेको नभई विश्वभर नै कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण थोरै बढेको दाबी गर्दै आएका छन्। संघका महासचिव अमुलकाजी तुलाधरले नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा खानेतेलको मूल्य बढेको बताए।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पछिल्लो समयमा नेपालबाट खानेतेलको भारत निर्यात बढेसँगै नेपालमा तेलको मूल्य बढेको बताए। उद्योगीले भारत खानेतेल निर्यात भन्सार छुट र अग्रिम भुक्तानी हुने भएकाले निर्यात बढाएकाले यसको असर नेपाली उपभोक्तालाई परेको उनको भनाइ छ। भन्सार विभागका अनुसार पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल भारत निर्यात गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले खानेतेलको मूल्यवृद्धिका बारेमा विभाग जानकार भएको र अहिले बजारको अवस्था अध्ययन गर्ने काम भइरहेको बताए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया