ऊर्जामन्त्रीको पुतला दहन (तस्बिरहरू)

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुतला दहन गरिएको छ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनको अगुवाइमा उनको पुतला जलाइएको हो ।

मंगलबार (चैत १२) काठमाडौंको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि उनको पुतला जलाइएको थियो । विद्यार्थीले सरकारको विरोधमा नाराबाजी समेत गरे ।

त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई जिम्मेवारीमुक्त गरिएको हो । विभिन्न क्षेत्रका व्यक्तिले उक्त निर्णयको विरोध गरेका छन् ।

थप तस्बिर हेर्नोस्–

a5-1742878930.jpg
a6-1742878931.jpg
a7-1742878931.jpg
a3-1742878930.jpg
a4-1742878930.jpg
a1-1742878929.jpg
a2-1742878929.jpg

प्रतिक्रिया

खबर सबै