
बुटवल–गोरुसिङ्गे सडक : रुख कटानको काम सकियो

बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतीको लागि रुख कटानको काम सकिएको छ। ५० किलोमिटर लामो दुरीको सडक किनारामा पर्ने सात हजार एक सय ११ रुख काटिएको बुटवल गोरुसिंगे सडक आयोजनाले जानकारी दिएको छ।
रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने सडक किनारमा रहेका रुखको कटानी सकिए लगत्तै छटानी र ढुवानीको काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म रुपन्देही तर्फ दुई प्रतिशत र कपिलवस्तु तर्फ २.६ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर अशोक पौडेलले जानकारी दिनुभयो। यसैगरी, विद्युतका पोल सार्ने र सडकको मापदण्डभित्र परेका घर भत्काउने काम भइरहेको छ।
यसैगरी, रुख कटान भएका क्षेत्रमा बाटो विस्तारकै क्रममा बाटो फराकिलो बनाउने काममा अहिले डोजरले काम गरिरहेको आयोजनाले जनाएको छ। अहिले उक्त सडकखण्डमा पक्की पुलको निर्माणको काम पनि सुरु भएको छ।
यो सडक खण्डमा ३० वटा नयाँ पक्की पुल बन्दैछन्। सडक स्तरोन्नतीका क्रममा पहिलो चरणमा ३० वटा पुल निर्माण हुनेछ भने १४९ वटा कल्भर्ट पनि निर्माण हुनेछ। बुटवल गोरुसिङ्गे कुल ५० किलोमिटर सडक विस्तारका क्रममा करिब १५ किलोमिटर जङ्गल क्षेत्र पर्ने भएकाले उक्त क्षेत्रमा वन्यजन्तु वारपार गर्न मिल्ने गरी १९ स्थानमा अन्डरपास बनाइने भएको छ।
आयोजनाका अनुसार सडक खण्डमा गाडी गुडाउन मिल्ने ६ वटा अन्डरपास, पैदलयात्रुका लागि १२ वटा अन्डरपास र ११ वटा ओभरहेड ब्रिज पनि बनाइने छ। बुटवल नारायणगढ सडक खण्डमा सडक निर्माणका क्रममा सडक किनारका जनताले धुलो र धुवाँबाट सास्ती पाएको अवस्थामा बुटवल गोरुसिङ्गे सडक खण्डमा भने बजार क्षेत्रमा दुवैतिर सर्भिस लेन बनाइसकेपछि मात्रै बिचको भाग भत्काउन सुरु गर्ने योजना रहेको छ।
आयोजनाका अनुसार बजार तथा बस्ती क्षेत्रमा दुवैतर्फ सर्भिस लेनसहितको ६ लेन सडक बन्ने छ भने सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा सडक विस्तार हुनेछ।
उक्त सडकखण्डको गत माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट बुटवलको जीतगढीमा शिलान्यास गर्नुभएको थियो।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया