

सासंद पन्थीले सात महिना अघि बन्छ भनेको सडक र नाला हाल सम्म पनि अलपत्र !




साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एउटा महत्वपूर्ण सडक खण्ड अन्र्तगत अधुरो सडक र नाला निर्माणमा एउटा जम्बो टोली स्थलगत निरिक्षणमा पुगेको थियो । त्यो टोलीमा सबैभन्दा उच्च अहोदामा थिए, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी । उनै सांसद पन्थीले अब छिटै यो योजनाले पुर्णता पाउने भन्दै आफ्नो सामाजिक सञ्जाल पनि हतारमा रङ्गाउन भ्याए । तर उनले भने जस्तो कामको गति शुन्यबाट एकमा पनि पुग्न सकेन ।
सासंद पन्थीले २०८१ भदौ २२ गते आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए, ‘गतिविधि : बनगाइ मोतिपुर भलवाड डोहोटे (अर्घाखाँची ) सडक र चप्परगाउ ढोडेकोल मुर्मी सडकमा चालु आ.वमा विनियोजित भएको बजेट कार्यान्वयन गर्ने सिलसिलामा पुर्वाधार कार्यालयका प्राबिधिक , स्थानीय जनता र स्थानीय जनप्रतिनिधि सहित हामी ।”

बाणगंगा नगरपालिका वडा नम्बर ७ घेरवा बनगाई देखि मोतिपुर, वडा नम्बर ९ को जिनुवा–डोहोटे सडक खण्डको मोतिपुर क्षेत्रमा निरिक्षण्मा पुगेका सांसद पन्थीसहित वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी समेत गरी पुर्वाधार कार्यालयका कर्मचारी भनिएका व्यक्तिहरु नाप जाँच तथा निरीक्षणमा तस्बिरमा देखिन्थे । तर नाँप जाँच भएको भनिएको सात महिना बितिसक्दा समेत यो स्थानमा बजेट कार्यान्वयन तथा कामको प्रगति शुन्यबाट अघि बढ्न सकेको छैन ।
सासंद पन्थीले आफ्नो सामाजिक सञ्जाल रङ्गाउन हतार गरेझैँ यो सडकको काम अघि बढेको भए, हाल सम्म जहदी–कोपवा–बनगाई खण्डको बाणगंगा नदिमा वर्षाै अघि बाढीले भत्काएको कजवे बनिसक्नुपर्ने थियो भने बनगाई–मोतिपुर–जिनुवा–डोहोडे खण्ड कालोपत्रे सकिनुपर्ने समय थियो ।

हाल बनगाई–मोतिपुर–जिनुवा–डोहोडे खण्ड कालोपत्रे तथा नालि निर्माणका लागि बजेट विनियोजन भएको भनिएको छ, तर सडकको दुरावस्थाले स्थानीयहरु दैनिक हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्मय यात्रा गर्न बाध्य छन् ।
हाल कोइली खेला–ख खण्डमा पुल निर्माणको कार्य भईरहेको भए पनि राजमार्ग देखि उत्तरमा करिब ४ किलोमिटर सडकको दुरावस्थाले यहाँ दैनिक हजारौँ यात्रु वर्षाैदेखि सास्ति खेपिरहेका छन् ।

सासंद पन्थीले २०८१ भदौ २२ गते सार्वजनिक गरेको आफू सहितका प्रतिनिधिहरुको तस्बिर वडा नम्बर ७ को थियो । यहाँका स्थानीयहरुका अनुसार सासंद पन्थी आफै आएर अब छिटै नाला र सडक बन्छ भन्दा खुसि थिए, तर हाल सम्म पनि नबन्दा निराशा थपिएको छ ।
चालु आ.व सकिन अब तीन महिना मात्रै बाँकी छ, यो समयमा यो सडक खण्डमा काम हुने वा नहुने अन्योल जस्तै छ । जसका कारण यो सडक खण्ड भएर यात्रा गर्ने यात्रुले आउँदो वर्षायाममा पनि अझै वर्षाको भेल र सडक खण्डको सास्ती खेप्नुपर्ने देखिएके छ ।



खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया