

कपिलवस्तुमा एसइईको तयारी पूरा, ९ हजारभन्दा बढी विद्यार्थी परिक्षामा सहभागी हुने





आउँदो चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ। कपिलवस्तु जिल्लाबाट यस वर्ष ९ हजार ७११ विद्यार्थी परीक्षा दिने भएका छन्।
जिल्लाका १० पालिकाभित्र रहेका ३१ सामुदायिक र ३ संस्थागत विद्यालय गरी ३४ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए।
यस वर्ष नियमित तर्फ ८ हजार १ सय ४८, नियमित प्राविधिक धारतर्फ ३ सय ७९, साधारण ग्रेड वृद्धि तर्फ १ हजार १ सय ५० र प्राविधिक ग्रेड वृद्धि तर्फ ३४ विद्यार्थी परीक्षा दिने छन्।
प्राविधिक धारतर्फको परीक्षा केन्द्र तौलिहवास्थित तौलेश्वर माविमा तोकिएको छ भने २०७८/७९ को ग्रेड वृद्धि परीक्षा वेस्ट पोइन्टमा हुनेछ। २०८० को ग्रेड वृद्धि परीक्षा भने विद्यार्थीहरूको आफ्नै केन्द्रमा सञ्चालन गरिने छ।
एसइई परीक्षा सुचारु गर्नका लागि ३४ केन्द्राध्यक्ष, ६३ सहायक केन्द्राध्यक्ष, ४७३ निरीक्षक, ९७ परीक्षा सहायक, ५१० सुरक्षाकर्मी र १८९ कार्यालय सहयोगी परिचालन गरिने शिक्षा विकास तथा समन्वय एकाई कपिलवस्तुले जनाएको छ।
शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मरासिनीले विद्यार्थीहरूलाई ढुक्क भएर परीक्षा दिन आग्रह गर्दै भने, “जानेको कुरा निर्धक्क भएर लेख्नुहोला, पहिलो उत्तर सरल लाग्ने प्रश्नबाट सुरु गर्नुहोस्। सबै विद्यार्थीलाई शुभकामना!”
एसइई परीक्षा चैत ७ गते बिहान ७ बजेबाट सुरु भई १९ गतेसम्म सञ्चालन हुने छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया