

स्ववियु निर्वाचन : बुटवल बहुमुखीसहित त्रिविका ११ आंगिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन





विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रक्रिया अवरुद्ध भएको छ ।
विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।
देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा चुनावी प्रक्रिया अगाडि नबढेको हो ।
काठमाण्डौका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र काठमाण्डौ बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको निर्देशनालयले जनाएको छ ।
चुनावी प्रक्रिया अगाडि नबढेका क्याम्पसमा पनि आपसी समझदारीमा चुनाव गर्न त्रिविले निर्देशन दिएको छ ।
आउँदो ५ गते हुने स्ववियु चुनावको प्रचारप्रसारका लागि आज राति १२ बजेसम्मका लागि समय तोकिएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया