

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित


लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।
लमहीस्थित क्रिकेट रङ्गशालामा टस हारेपछि पहिला ब्याटिङ गरेको कर्णालीले २७ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९१ रन मात्र बनायो ।
बयानब्बे रनको विजयी लक्ष्य गण्डकीले २९ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । गण्डकीका लागि दिपक डुम्रेले अद्र्धशतीय पारी खेले ।
उनले ७८ बल खेल्दै सात चौकाको मद्दतमा अविजित ५० रन बनाए ।
यस्तै सुजन गौतमले अविजित २२ रन बनाए । बलिङतर्फ कर्णालीका दिवान पुनले तीन विकेट लिए । उनले १० ओभर बलिङ गर्ने क्रममा पाँच ओभर मेडन राख्दै मात्र १३ रन खर्चिए ।
यस्तै दीपेन्द्र रावतले दुई तथा युनिस ठकुरीले एक विकेट लिए । यसअघि ९१ रन बनाउने क्रममा कर्णालीका लागि विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाए ।
बलिङतर्फ गण्डकीका चन्द्र पौडेल, सुवाश भण्डारी र विपिन खत्रीले दुई दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले एक एक विकेट लिए ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया