
सबै दललाई ‘नवीन समझदारी’मा आउन राप्रपाको आह्वान

काठमाण्डु | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै दललाई ‘नवीन समझदारी’मा आउन आह्वान गरेको छ ।
आईतबारको प्रदर्शनपछि सोमबार दिउँसो बसेको राप्रपा पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाण्डुमा भएको प्रदर्शनले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको निष्कर्ष निकालेको छ ।
प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आम नागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको निष्कर्ष बैठकले निकालेले उनले बताए ।
‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्बित जनभावना अनुरूप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गर्दछ ।’
बैठकले आन्दोलन लगायतका विविध विषयमा छलफल गर्न आगामी चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय गरेको उनले जानकारी दिए ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया