
कपिलवस्तु ११ सैनामैना गोल्डकपको फइनल प्रवेश

रुपन्देही । रुपन्देहीको सैनामैना मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च रजहर भिड्ने पक्का भएको छ ।
मुर्गिया फुटबल क्लबको आयोजनामा सोमबार मुर्गिया रंगशालामा भएको दोश्रो सेमीफाइनल खेलमा महाबीर क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै कपिलवस्तु ११ फाइनलमा प्रवेश गरेको हो ।
पहिलो र दोश्रो हाफ बराबरी खेलका दुवै टिम अन्ततः पेनाल्टी सुट आउटमा पुगेका थिए । पेनाल्टीमा महाबीरका जर्सी नम्बर ७ का खेलाडी अरुन चौधरीले प्रहार गरेको पेनाल्टी पोष्टभन्दा बाहिर गएपछि कपिलवस्तु ११ लाई फाइनल पुग्ने बाटो खुलेको हो । बुधबार हुने फाइनल खेल कपिलवस्तु ११ र अभिषेक चर्च रजहर नवलपुरबीच हुने छ ।
सोमबारको खेलमा म्यान अफ दि म्याच कपिलवस्तु ११ का जर्सी नम्बर १४का खेलाडी निमबहादुर मिदुङ भएका छन् ।
आजको म्याचमा दुवै टोलीले विदेशी खेलाडी मैदान उतारेका थिए । दुवै टीमले गोलका थुप्रै अवसर पाएपनि जाली चुमाउन नसक्दा खेल पेनाल्टीमा पुगेको हो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टीमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टीमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल फागुन २८ गते हुनेछ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया