

ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने





काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रशाहलाई गद्दीमा फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि आन्दोलन थाल्ने भएको छ । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशम्शेर राणालेचैत १ बाट राप्रपाले आन्दोलन गर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै राणाले सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीलाई आह्वान गर्दै आन्दोलन थाल्ने जानकारी गराएका छन् ।
‘अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गतेदेखि बृहत् राष्ट्रवादी अआन्दोलनको सुरुवात गरिँदै छ। सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु’, उनले भनेका छन्।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया