
झण्डै १७ महिनाअघिको सहमति कार्यान्वयनमा दबाब दिन शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिए

काठमाडौं । झण्डै १७ महिनाअघि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन् । विगतका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग राख्दै शिक्षकहरुले आन्दोलन सुरु गरेका हुन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरुले शनिबार माइतिघर मण्डला क्षेत्रमा र्याली निकालेका छन् । शिक्षकसँगको सम्झौता विपरीत शिक्षा ऐन नआओस् भनेर सरकारलाई दबाब दिन आन्दोलन गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
‘यसअघिको आन्दोलनपछि सरकारसँग भएका सम्झौताविपरीत शिक्षा ऐन नआओस् भन्ने हाम्रो मुख्य माग हो । सहमतिअनुरूप ऐन जारी हुनुपर्छ । ऐन विद्यार्थी, अभिभावक, शिक्षक र समाजमैत्री हुनुपर्छ। यदि ऐनमा ती विषय समेटिएनन् भने सकारात्मक परिणाम आउँदैन । त्यसैले दबाबका लागि आन्दोलन सुरु गरेका हौं,’ सुवेदीले भने ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया