

बाणगंगाकाे एक पसलबाट स्रोत नखुलेको ठूलो मात्राको रकमसहित चार जना पक्राउ



कपिलवस्तु । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको ठूलो मात्राको रकमसहित चार जनालाई पक्राउ गरेको छ । बाणगङ्गा नगरपालिका – ४, जितपुरस्थित केसी फेन्सी पसलको भूमिगत कोठाबाट शङ्का लागेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मातहत इलाका प्रहरी कार्यालय पिपराको टोलीले विहीवार राति ९ः४५ बजे चारनम्बर चोकमा रहेको केसि फेन्सी पसलमा छापा मारेको थियो । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा उक्त पसलको भूमिगत कोठामा भारतीय रुपैयाँको अवैध कारोबार भइरहेको आशंकामा छानबिन गरिएको हो ।
प्रहरीले उक्त स्थानबाट स्रोत नखुलेको भारतीय तथा नेपाली नगद गरी कुल २८ लाख १० हजार रुपैयाँ बरामद गरेको छ। बरामद रकममध्ये ९ लाख भारतीय रुपैयाँ रहेको छ भने नेपाली १९ लाख १० हजार रुपैयाँ फेला परेको छ। भारतीय रुपैयाँको नोटहरू ५०० दरका १,८२१ थान रहेका छन् । नेपाली रुपैयाँमा १,००० दरका १४,३९१ थान र ५०० दरका ९७१ थान रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धीखर्क – ५ का ३० वर्षीय गोविन्द बिक, कपिलवस्तु मायादेवी गाउँपालिका – ८ का ३८ वर्षीय सोजनाथ कसौधन, बुटवल – १६ का ४१ वर्षीय बसन्त खरेल, र कपिलवस्तु नगरपालिका– ११ का ४२ वर्षीय शेषनारायण गिरी रहेका छन् ।
प्रहरीले नियन्त्रणमा लिइएका चारै जनामाथि विस्तृत अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन तथा स्रोत नखुलेको रकमको विषयमा अनुसन्धान गर्न आन्तरिक राजस्व कार्यालय रूपन्देहीमा पत्राचार गरिएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी मोहन मणि अधिकारी का अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप छानबिन भइरहेको छ। प्रहरीले उक्त रकम अवैध कारोबार वा अन्य कुनै आपराधिक गतिविधिमा प्रयोग भएको हुन सक्ने आशङ्का गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ।



खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया