

कपिलवस्तुको बुद्धभूमि नगरपालिका बालश्रममुक्त नगर घोषणाको तयारीमा




कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने तयारी गरेको बताइएको छ। गत वर्ष चारवटा वडालाई बालश्रममुक्त घोषणा गरेको नगरले यस वर्ष बाँकी ६ वटा वडालाई बालश्रममुक्त गर्ने तयारी गरेको नगरप्रमुख केशवकुमार श्रेष्ठले बताए।
आज नगरपालिकामा स्थानीय पदाधिकारीको बैठकमा बोल्दै सरोकारवालाले नगरपालिकालाई बालश्रममुक्त नगर बनाउन सबै निकायको साथ–सहयोग आवश्यक पर्ने बताए। बुद्धभूमिलाई बालश्रममुक्त घोषणा गर्ने अभियानमा विगतदेखि नै लागिपरेको भन्दै नगरले बालश्रमको विषयलाई महत्त्वपूर्ण रूपमा लिएको बताएका छन्।
यसअघि वडा नम्बर ५, ६, ८ र १० लाई बालश्रममुक्त घोषणा गरिएको भन्दै बाँकी ६ वटा वडालाई पनि यसै आर्थिक वर्षमा घोषणा गरिने बताएका छन्। प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले घोषणा गरेर मात्र बस्न नमिल्ने भन्दै कतैकतै बालश्रमिक छन् कि छैनन् भनेर अनुगमनका काम पनि गर्नुपर्ने बताए । नगरको सक्रियताले मात्र नहुने भएकाले हरेक साझेदार संस्थाकोे सहकार्यबाट मात्र यो काम सफल हुने उनले बताए।
वडा नम्बर १, २, ३, ४, ७ र ९ गरी ६ वटा वडालाई अब बालश्रममुक्त गराउने गरी तयारी थालिएको छ । त्यसका लागि प्रत्येक वडामा दुईजना गणकले बालश्रममुक्त स्थानीय तहका लागि घरधुरी सर्वेक्षण गर्नेछन् । कार्यक्रममा बुद्धभूमिका जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, सुरक्षा निकायका प्रमुख, व्यापारी, पत्रकारलगायतको उपस्थिति रहेको छ ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया