

चार करोड बढी लागतमा बन्ने राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको शिलान्यास



दाङ | चार करोड बढी लागतमा बन्ने राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको शिलान्यास भएको छ।
भारतीय दूतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा अस्पतालको भवन निर्माण सुरू भएको हो। भवन निर्माण लागत चार करोड २४ लाख रुपैयाँ भएता पनि कुन निकायको कति भन्नेबारे खुलाइएको छैन।
आगामी २०८३ वैशाखमा भवन निर्माणको काम पूरा गर्ने लक्ष्य राखिएको छ।
तुलसीपुर उपमहानगर– ४ रक्षाचौरमा वि.सं २०४५ सालमा आँखा अस्पताल स्थापना भएको थियो।
हालसम्म राप्ती आँखा अस्पतालले दुई लाख ४४ हजार जनाको शल्यक्रिया गरेको तथ्यांक छ। जसमध्ये ४७ हजार ९५८ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले बताए।
अस्पतालले दाङ, रोल्पा, सल्यान, रूकुम लगायत जिल्लाका आँखाका बिरामीहरूलाई सेवा दिँदै आएको छ।
स्थापनायता ३९ लाख ७७ हजार पाँच सय बढिले अस्पतालबाट सेवा लिएको सूचना अधिकारी खड्काले बताए।
मंगलबार तुलसीपुर उपमहानगरका मेयर टीकाराम खड्का, भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दनले संयुक्त रूपमा भवनको शिलन्यास गरेका हुन्।
तुलसीपुर नगरले नगरबासीलाई मोतिबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको मेयर खड्काले बताए।
मेयर खड्काले नगरको गौरवका रूपमा रहेको अस्पताललाई प्रदेशकै नमुना आँखा अस्पताल बनाउनका लागि सबैले हातेमातो गर्नुपर्ने बताएका थिए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया