

२० वर्ष कैद सजाय तोकिएका एक दम्पति २४ वर्षपछि कपिलवस्तुबाट पक्राउ




कपिलवस्तु | २० वर्ष कैद सजाय तोकिएका एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू २४ वर्षपछि पक्राउ परेका हुन्।
साबिक हाँसिपुर गाविस र हालको राजपुर गाउँपालिका वडा नम्बर ९ घर भएका जितबहादुर नेपाली र उनकी पत्नी नमी छिमेकी जिल्ला कपिलवस्तुबाट पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बस्दै आएका उनीहरूलाई कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ बाट पक्राउ गरी दाङ ल्याएको हो।
अवैध सम्बन्धबाट छोरीको जन्म भएपछि उक्त शिशुको हत्या गरेको उनीहरूमाथि अभियोग थियो।
दाङ जिल्ला अदालतले २०५७ सालमा उनीहरूलाई जनही २० वर्ष कैदको फैसला सुनाएको थियो। त्यसयता उनीहरू फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी पवक्ता डिएसपी चक्रबहादुर शाहले धेरै वर्ष पुरानो मुद्दा भएको हुँदा उनीहरूविरूद्धको मिसिल अदालतवाट मगाएको बताए। त्यो अध्यनपछि थप तथ्य सार्वजनिक गर्ने पनि उनले बताए।
दिउँसो पक्राउ परेका दम्पत्तिबारे अध्ययनपछि विस्तृत जानकारी दिने पनि उनले बताए। पक्राउ परेका दम्पत्तिलाई जिल्ला अदालतमा पेस गरी अदालतको आदेशले सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको छ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया