

रुपन्देहीको सियारीस्थित गहुँ खेतमा मृत भेटिएकी महिलाको हत्या आरोपमा एक युवक पक्राउ



रुपन्देही | रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीस्थित गहुँ खेतमा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ ।
भगदरीस्थित बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखि तलतिर गुहँ खेतमा उत्तानो परेको अवस्थामा एक महिलाको शव भेटिएको थियो । ८ फागुनको बिहान सवा ११ बजेतिर शव फेला परेपछि जिल्लाबाट डीएसपीको कमाण्डमा टोली फिल्डमा खटिएको थियो । तालिमप्राप्त कुकुर समेत परिचालन गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
लासजाँच मुचुल्का गरेर प्रहरीले उक्त शव पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको थियो । प्रहरी अनुसन्धानका क्रममा उक्त शव दाङको लमही नगरपालिका–७ उच्च लिम्बु बस्ने ४० वर्षीया संगीता चौधरीको रहेको खुलेको थियो ।
उनै चौधरीको हत्या आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का ४२ वर्षीय अमिरिका भारु भनिने अजय थारू छन् ।
१६ फागुनमा पक्राउ परेका उनीविरुद्ध ज्यान कसुरमा रुपन्देही जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनले ढुंगाले हिर्काएर चौधरीको हत्या गरेको खुलेको रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए । प्रहरीले चौधरीलाई हिर्काएको ढुंगा, मृतकको मोबाइल समेत बरामद गरेको छ ।
मृतक चौधरी र पक्राउ परेका थारु दुबै जना सँगै मजदूरी काम गर्ने व्यक्ति रहेको खुलेको छ । मदिरा सेवन गरेर विवाद भएपछि उनले हत्या गरेका खुलेको डीएसपी कार्कीले बताए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया