

जेलेन्स्कीलाई स्टेइमरको साथ : ट्रम्पसँगको तनाव लगत्तै बेलायतबाट युक्रेनले पायो २.८ अर्ब अमेरिकी डलर



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाएका छन्।
स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भएको हो।
जेलेन्स्कीले यसमा कृतज्ञता व्यक्त गर्दै यो रकम हतियार खरिदमा खर्च गर्ने बताए। जेलेन्सकीले बेलायतमा नै राजा र्चाल्ससँग पनि भेट गर्ने कार्यक्रम बनाएका छन्।
शुक्रबार वाशिङ्टनमा भएको घटनापछि स्टेइमरले युक्रेनको स्वतन्त्रता जोगाउँदै शान्ति स्थापना गर्ने प्रयासमा आफू प्रतिबद्ध रहेको बताएका थिए।
भिडियो लिङ्क मार्फत सो बैठकमा आफ्नो उपस्थिति जनाएकी युक्रेनकी अर्थमन्त्री मारिया मार्चेन्कोले पनि आभार व्यक्त गरेकी छिन्।



खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया