

एप्पलको सस्तो मोडेल ‘आईफोन १६ ई’ सार्वजनिक, सुरुवाती मूल्य ८३ हजार रुपैयाँ



काठमाडौं : एप्पलले ‘आईफोन १६ई’ सार्वजनिक गरेको छ । कम मूल्यमा राम्रा फिचरयुक्त आईफोन बोक्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले बुधबार आईफोन १६ सिरिज अन्तर्गत नयाँ मोडेल ल्याएको हो ।
यो मोडेलमा एप्पलकै पछिल्लो पुस्ताको ए१८ चिप प्रयोग गरिएको छ, जसकारण अन्य आईफोन १६ मोडेलजस्तै छिटो र सहज रूपमा फोन चलाउन सकिने कम्पनीको भनाइ छ । त्यस्तै कम्पनीको नेक्स्ट जेनेरेसन एआई सिस्टम ‘एप्पल इन्टेलिजेन्स’ पनि यस मोडेलपमा पाउन सकिन्छ । यसबाट विभिन्न अत्याधुनिक एआई फिचर प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोन ६.१ इन्चको स्क्रिनमा उपलब्ध हुनेछ । यस मोडेलले आईफोन ११ भन्दा ६ घण्टा र अरू पुराना आईफोन एसई मोडलभन्दा १२ घण्टा बढी ब्याट्री लाइफ दिने कम्पनीको दाबी छ । यसमा वायरलेस चार्जिङ र फास्ट चार्ज हुने यूएसबी-सी चार्जर पनि छ ।
क्यामेरा, फ्ल्यासलाइट, भ्वाइस मेमो जस्ता फिचर छिटो खोल्न आईफोन १६ ई मा ‘एक्सन बटन’ दिइएको छ । यसमा भएको एआई सिस्टमले टेक्स्टलाई छोटकरीमा पढ्न र अनुवाद गर्न सघाउँछ ।
यो फोन म्याट ब्ल्याक र ह्वाइट गरी दुई रङमा किन्न सकिनेछ । जसमा १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजका विकल्प छन् ।फोनको मूल्य ५९९ अमेरिकी डलर अर्थात् ८३ हजार रुपैयाँ हारहारीबाट सुरु हुनेछ । फोन खरिद गर्ने ग्राहकले तीन महिना निःशुल्क एप्पल म्युजिक, एप्पल टिभी प्लस, एप्पल अर्केड, एप्पल न्युज प्लस, एप्पल फिटनेस प्लस लगायतका सुविधा पाउनेछन् ।
नेपाली बजारमा पनि चाँडै नै यो मोडेल उपलब्ध हुने अनुमान गरिएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया