

प्युठानमा वृद्ध दम्पतीको बीभत्स हत्या, घरभित्रै भेटिए शव

प्युठानको माण्डवी गाउँपालिका–२, रातापानीमा आफ्नै घरभित्र एक वृद्ध दम्पतीको हत्या भएको छ।
अन्दाजी वर्ष ६० का रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, प्युठानका डीएसपी दीपेश बस्यालले जानकारी दिए।
प्रहरीका अनुसार शनिबार उनीहरू ढिलोसम्म नउठेपछि छिमेकीले टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय, प्युठानलाई जानकारी गराएका थिए।
त्यसपछि घटनाबारे नजिकको प्रहरी चौकी तिरामबाट प्रहरी टोली गएको थियो। घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपी बस्यालको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा दम्पतीको टाउकोमा गम्भीर चोट रहेको र उनीहरूको बीभत्स तरिकाले हत्या गरेको देखिएको छ। घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया