

११ वटा बैठक बसेर लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य



दाङ । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका छन्।
नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम फागुन ६ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन्।
गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार अधिवेशनबाट लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित भएको छ।
यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयक अधिवेशनबाट पारित भएको थियो।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया