

अमेरिकाले रोक्यो नेपाल लगायतका देशलाई दिँदै आएको १० अर्बभन्दा बढीकाे सहायता



विश्वकै धनीमध्ये एक एलन मस्क प्रमुख रहेको संस्थाले अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको सात करोड ५० लाख अमेरिकी डलर (लगभग १० अर्ब ३७ करोड रुपैयाँ) सहायता रोक्ने निर्णय गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च घटाउने उदेश्यले स्थापना गरेको डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसिएन्सी (डीओजीई)ले उक्त निर्णय गरेको हो । डीओजीईको प्रमुख विश्वकै धनी व्यक्ति एलन मस्क हुन् ।
उक्त निर्णयमा अमेरिकाले संघीयता र जैविक विविधताका क्षेत्रमा नेपाललाई उपलब्ध गराउँदै आएको करिब साढे पाँच अर्ब रुपैयाँ पनि परेको छ ।
डीओजीईले सामाजिक सञ्जाल एक्समार्फत नेपाली समयअनुसार आइतबार बिहान उक्त निर्णय सार्वजनिक गरेको हो ।
डीओजीईले नेपालको संघीयताका क्षेत्रमा दुई करोड र जैविक विविधता क्षेत्रमा एक करोड ९० लाख गरी कुल तीन करोड ९० लाख अमेरिकी डलर (लगभग पाँच अर्ब ३९ करोड रुपैयाँ) सहायता रद्द गरिएको जनाएको छ ।
डीओजीईले नेपाल, मोजाम्बिक, कम्बोडिया, पराग्वे, सर्विया, माल्डोभा, भारत, बंगलादेश, लाइबेरिया, माली लगायतका देशलाई उपलब्ध गराउँदै आएको सहायता रद्द गरेको घोषणा गरेको हो ।
अमेरिकाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मार्फत सन् २०२२ यता नेपाललाई प्रत्येक वर्ष औसतमा १२ करोड ५० लाख अमेरिकी डलर (करिब १७ अर्ब २९ करोड रुपैयाँ) उपलब्ध गराउँदै आएको छ ।
यूएसएआईडीले अनावश्यक रूपमा सहायता उपलब्ध गराउँदै आएको आरोप लगाउँदै राष्ट्रपति भएलगत्तै ट्रम्पले यसबाट दिँदै आइएको सहायता तीन महिनाको लागि रोक्ने आदेश जारी गरेका थिए ।
त्यसपछि जीओजीईले यूएसएआईडीले उपलब्ध गराएको सहायताको अनुसन्धान गर्दै आएको छ । यसैक्रममा डीओजीईले नेपाल लगायतका देशलाई उपलब्ध गराइँदै आएको साढे सात करोड अमेरिकी डलरभन्दा बढी रकम रोक्ने निर्णय गरेको हो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया