

पालिकामा कार्यसम्पादन मूल्याङ्कन : कपिलवस्तुका कुन पालिकाको अवस्था कस्तो ?





कपिलवस्तु | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र०८१ को कार्यसम्पादन मूल्याङ्कन अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका पहिलो भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये बाणगंगा नगरपालिकाले ७५ दशमलव २ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ ।
यस्तै, शिवराज नगरपालिकाले ७१ दशमलव १ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा छ । बुद्धभूमि नगरपालिकाले ७० दशमलव ४ प्रतिशत, महाराजगंज नगरपालिकाले ५९ दशमलव ७ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।
कृष्णनगर नगरपालिकाले ५६ दशमलव २ प्रतिशत, विजयनगर गाउँपालिकाले ५१ दशमलव ५ प्रतिशत अङ्क पाएका छन् । कपिलवस्तु नगरपालिका र यसोधरा गाउँपालिकाले समान ५१ दशमलव १ प्रतिशत अंक पाउँदा शुद्धोधन गाउँपालिकाले ४४ दशमलव ५ प्रतिशत र मायादेवी गाउँपालिकाले ३६ दशमलव ९ प्रतिशत अङ्क पाएका छन् ।
आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्क हुने गर्दछ ।
‘‘नीति, विधी र सुशासन र समन्वयात्मक कुराहरु पनि हुन्छन् ।,’’ बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले भन्नुभयो, ‘‘विधि अनुरुप काम गर्ने हो, परिणामोन्मूख कार्यसम्पादन गर्दा सफलतारअसफलता हासिल हुने हो ।’’


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया