

भैरहवामा २० किलो चरेससहित चार जना पक्राउ


प्रहरीले भैरहवामा २० किलो लागुऔषध चरेस बरामद गरेको छ। सिद्धार्थनगर नगरपालिका वडा नं. ८ लुम्बिनी रोडमा रहेको चन्द्रसूर्य होटलबाट उक्त चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान प्रहरी टोलीले होटलभित्र लुकाएर राखेको अवस्थामा चरेस बरामद गरेको थियो। बरामद गरिएको चरेसलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाका प्रमुख सागर भट्टराईले विशेष सुराकीको आधारमा २० किलो चरेससहित त्यसमा संलग्न चार जना कारोबारीलाई पक्राउ गरिएको बताए। उनीहरूको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ गर्ने क्रममा एक जना कारोबारी भने फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले पनि चार जनालाई पक्राउ गरिएको र फरार रहेकाको खोजी भइरहेको बताए।
प्रहरीका अनुसार पक्राउ परेका चार जना युवक धादिङको गजुरीका हुन्। बरामद गरिएको चरेसको बजार मूल्य नेपालमा ९ लाख रुपैयाँभन्दा धेरै पर्छ।
नेपालमा भन्दा चरेसको मूल्य भारतमा अत्यधिक धेरै पर्ने गर्छ। भारतमा मूल्य धेरै पर्ने भएकोले धादिङको गजुरीबाट भैरहवा हुँदै भारततर्फ लैजाने क्रममा उक्त परिमाणको चरेस बरामद भएको हो।
बुधबार होटलको एउटा कोठा उनीहरूले बुक गरेका थिए। होटलमा कोठा बुक गरिएको विवरणमा पुस्तिकामा काठमाडौं महानगरपालिका बालाजु बस्ने सुजन लामा र धादिङ गजुरी गाउँपालिका–८ का दिपक तामाङको नाम लेखिएको छ।
पक्राउ गरिएका चारै जना युवा चरेसको कारोबारी भएको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा






प्रतिक्रिया