

कपिलवस्तुमा विद्यार्थीलाई आत्महत्या रोकथामसम्बन्धी सचेतना


कपिलवस्तु | कपिलवस्तुमा विद्यार्थीलाई आत्महत्या रोकथामसम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका ७ स्थित श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालय धरमपनियामा सो कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा विद्यालयका ७० जना विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक राजकुमार कोहारले बताउनुभयो । विद्यार्थीमार्फत आत्महत्या न्यूनीकरणका लागि समाजमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्याका कारण, रोकथामका उपाय तथा कानुनी व्यवस्थाहरू सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा मानसिक स्वास्थ्य, पारिवारिक वातावरण, सामाजिक समर्थन तथा आत्महत्या रोकथामका रणनीतिबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।
यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा विभिन्न विद्यालय तथा समुदायमा निरन्तर सञ्चालन गरिने प्रहरी निरिक्षक कार्कीको भनाइ छ । कार्यक्रमले आत्महत्या रोकथाममा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको बताउनुभयो ।
कार्यक्रममा कक्ष ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू, शिक्षक–शिक्षिका लगायतको सहभागिता रहेको थियो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया