

चुल्होमा खाना पकाउँदा जलेकी महिलाको उपचार क्रममा मृत्यु



दाङ | खाना पकाउँदा जलन भएकी दाङ तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–१९ सक्रामकी ६४ वर्षीया ईश्वरी वली घरको चुल्होमा खाना पकाउने क्रममा माघ २१ गते बिहान कपडाबाट शरीरमा आगो सल्किँदा जलन भई गम्भीर घाइते भएकी थिइन्।
उनको तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि सोही दिन बुटवलवाट थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौंका लागि रिफर गरिएको थियो।
त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई सोमबार बेलुकी फिर्ता ल्याई पाँच बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो।
उनको आज बिहान साढे ७ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया