प्यूठानमा १३ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

प्यूठान | प्यूठानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगर छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कुलमानले ती बालिकालाई बिहीबार दिउँसो बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पुजालिबासेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी ओखलढुंगामा पनि १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–९ बस्ने ३८ वर्षीय राजकुमार भुजेल छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राजकुमारले ती बालिकालाई गत १७ पुस राति बलात्कार भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया