

भरुवा बन्दुक पड्केर बालकको मृत्यु प्रकरण: दाइ र हजुरबुबा प्रहरी नियन्त्रणमा


रूपन्देही | दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका- ३ ठुलासम्वामा भरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतक भुवनका दाजु १० वर्षीय शिशिर केसी र बन्दुक लोड गरिराख्ने ६२ वर्षीय बाजे भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।
प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरिराखेको भरुवा बन्दुक शिशिरले खेलाउने क्रममा शनिबार बिहान करिब ११ बजेतिर पड्किँदा भाइ भुवनलाई गोली लागेको थियो । प्रहरीले घट्नास्थलबाट एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रासमेत बरामद गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।
गत माघ ३ गते पनि दाङमा गोली लागेर साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।
जिल्लाको दंगीशरण गाउँपालिका- २ कौवाघारी निवासी २५ वर्षीय प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा सोही ठाउँ निवासी २२ वर्षीय छविलाल डांँगी र २७ वर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया