

बाणगंगा ९ स्थित ‘कोटिहवा सामुदायिक वन’ले गर्याे ‘१३औं वार्षिक साधारणसभा’





भलवाड ।| कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोटिहवा सामुदायिक वन उपभोक्ता समूहले शुक्रबार संस्थाको १३औं वार्षिक साधारणसभा गरेको छ । कार्यक्रममा समूहका सचिव पदम बेल्बासेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष लक्ष्मी दर्जाले आर्थिक वर्ष २०८०/८१ को कुल आयव्यय विवरण सार्वजनिक गरिन्। उनका अनुसार वन उपभोक्ता समूहको यस वर्षको कुल आर्थिक कारोबार ४६ लाख ५४ हजार रुपैयाँ बराबर रहेको छ। साथै लेखा समिति सदस्य चन्द्रा अधिकारीले बन समितिलाई सुझाव सहित लेखा प्रतिवेदन पेश गरेकी थिइन ।
समूहका अध्यक्ष धुर्ब बेल्बासेले कोटिहवा सामुदायिक वनको दीर्घकालीन रणनीति र भावी योजनाका बारेमा प्रकाश पारेका थिए । उनले वन संरक्षण, जैविक विविधता प्रवद्र्धन, वन पैदावारको उचित व्यवस्थापन तथा स्थानीय समुदायको समृद्धिमा वनले खेल्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।
साधारणसभाको अवसरमा कोटिहवा सामुदायिक वन उपभोक्ता समूहले ७० वर्ष उमेर पार गरिसकेका २९ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरूलाई पौष्टिक आहार स्वरूप एक एक किलो मह र खादाबाट सम्मानित गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनले वडासँग सहकार्य गर्दै विकास निर्माणका कार्यमा उल्लेखनीय योगदान पु¥याएको बताए। उनले वन क्षेत्रको व्यवस्थापन पारदर्शी रूपमा गर्दै समुदायलाई प्रत्यक्ष लाभ पुराउने किसिमका योजनाहरू अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
त्यसैगरी, सब डिभिजन वन कार्यालय गोरुसिङेका प्रमुख दयाराम पौडेलले सामुदायिक वनले काम गर्दा वन नीति, नियम र योजनाअनुसार पारदर्शी रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। उनले वनको संरक्षण, सम्बद्र्धनसँगै यसको सही सदुपयोग गर्दै उत्पादनमुखी बनाइराख्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

साधारणसभामा विभिन्न छिमेकी सामुदायिक वनका अध्यक्षहरू, समाजसेवी, पत्रकार, बुद्धिजीवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सामुदायिक वनको तर्फबाट कुन्तामणि भुसाल, भलवाड स्वास्थ्य प्रमुख जित विकास रायमाझी लगायतले आफ्नो धारणा राख्दै साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा समूहका अध्यक्ष धुर्ब बेल्बासेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। समितिका सहसचिव प्रभा खनालको स्वागत मन्तव्य र सचिव पदम बेल्बासेले कार्यक्रम सञ्चालन गरेका थिए।
१ सय ७९ हेक्टर क्षेत्रफलमा फैलिएको कोटिहवा सामुदायिक वनमा हाल ३ सय ७२ जना वन उपभोक्ता आबद्ध छन्। वन उपभोक्ता समूहले सामुदायिक वन व्यवस्थापन, संरक्षण, आय आर्जनका कार्यक्रम तथा वातावरणीय सुधारमा सक्रिय भूमिका खेल्दै आइरहेको छ।१३औं साधारणसभाले वनको पारदर्शी व्यवस्थापन, उपभोक्ताहरूको सहभागिता र समुन्नत भविष्यका लागि सामुदायिक वनको भूमिका अझ सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेको छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया