

पछिल्लो ६ महिनामा कपिलवस्तुका २२ नागरिकले विदेशमा ज्यान गुमाए





गुलाम अली, कपिलबस्तु | कपिलबस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो ६ महिनाको अवधिमा २२ जना नागरिकले विदेशमा ज्यान गुमाएका छन् । माघ १५ गते सम्म श्रम स्वकृती लिएर बैदेशिक रोजगारीमा गएका २२ जनाले आफनो ज्यान गुमाएको सुरक्षित अप्रवासी स्रोत केन्द्र कपिलबस्तुले जनाएको हो ।
नेपालमा रोजगारीका अवसर नभएको अवस्थामा बिदेशमा अर्कषक काम र पारिश्रमिकको आसमा युवाहरु बिदेश जना बाध्य भएको पछिल्लो अवस्थाका कारण यो तथ्याङ्ले कपिलवस्तुका २२ नागरिकले विदेशि भुमिमा मृत्युवरण गर्नुपरेको छ । रोजगारीको खोजीमा बर्षेनी नेपालीहरु जाने गर्दछन् भने विदेशी भुमिमा नै ज्यान गुमाएका छन । यस आर्थिक बर्षको ६ महिनामा मात्रै २२ जनाले आफनो ज्यान गुमाउन बाध्य भएको उल्लेख गरिएको छ ।
सुरक्षित अप्रवासी स्रोत केन्द्र कार्याक्रम संयोजक सुभाष रेग्मीका अनुसार नेपालमा यस आर्थिक बर्षको ६ महिनाको तथ्याङ हेर्दा श्रम स्वकृति लिएर नेपालबाट ३ लाख ९३ हजार ६७ हजार नागरिक बिदेश गएका छन् । लुम्बिनी प्रदेशमा मात्रै ६ महिनामा श्रम स्वकृती लिएर बैदेशिक रोजगरीको लागि काम गर्न जानेको संख्या ७० हजार २ सय १९ जना रहेको छ ।
कपिलबस्तुबाट श्रम स्वकृति लिएर वैदेशिक रोजगरीमा ८ हजार १ सय ५९ जना पुगुेको केन्द्र कार्याक्रम संयोजक रेग्मीले बताए ।
यही अवधिका कपिलवस्तुबाट विदेश गएका ६ जना कामदार घाईते भएको रेग्मीले बताए ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया