

बाणगंगा ९ स्थित खुतखुते सामुदायिक वनको ‘१४औँ वार्षिक साधारणसभा’ सम्पन्न





साझाकुरा, कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्लाबास स्थित खुतखुते सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार वन उपभोक्ता समुहको कार्यालय परिसरमा आयोजना गरिएको एक कार्यक्रमकाबीच वनको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सम्पन्न साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले यहाँका सामुदायिक वनहरुले भलवाडको विकासमा महत्वपूर्ण भुमिका खेलेको बताए । बाणगंगा नगरपालिकाका अन्य वडाहरुसरह वडा नम्बर ९ को विकास अवस्था अगाडी बढेको भन्दै उनले स्थानीय सरकारसँगको लागत साझेदारीमा पनि सामुदायिक वनको लगानी प्रभावकारी रहेको बताए । यस्तै उनले सामुदायिक वनबाट उत्पादित काठको विक्रिवितरण मात्रै नभई कटान भएका क्षेत्रमा नयाँ विरुवा रोप्ने र वनको ऐन नियम र कार्याविधिअनुसारले बजेटको विनियोजन तथा कार्यान्वयनमा जोड दिन पनि आग्रह गरे ।
त्यस्तै कार्यक्रममा वैज्ञानिक वन राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष रेणु सेनले सामुदायिक वनहरुले उपभोक्ता सदस्यहरुमा विश्वासको भावना पैदा गराई सबैलाई समेट्ने गरी योजना बनाउनुपर्ने बताइन् । उनले खुतखुते सामुदायिक वनले गरेका कामहरुको प्रतिफल पनि राम्रो रहेको भन्दै आगमी दिनमा केही नयाँ र सबैलाई समेट्ने योजनाको निरन्तरतामा जोड दिइन् ।
कार्यक्रममा भलवाड स्थित कोटीहवा सामुदायिक वनका अध्यक्ष धुव्र बेल्बासे लगाएतले सम्बोधन गरेका थिए भने बैज्ञानिक वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापा, भलवाड स्थित विभिन्न सामुदायिक वन उपोक्ता समुहका अध्यक्षहरु, समाजेसवी, स्थानीय संघसंस्थाका प्रमुखरु, संचारकर्मी लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम खुतखुते सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिमबहादुर पुनको अध्यक्षता, नगर प्रमुख अर्यालको प्रमुख अतिथ्यतासहित सामुदायिक वनका उपाध्यक्ष शकुन्तला अर्यालको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा वनका सचिव खगप्रसाद बुढाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष बसन्ता रायमाझीले आर्थिक वर्ष २०८०/०८१ को कुल २ करोड ६५ लाख ९९ हजार ७५३ रुपैँया १८ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन भने आ.व २०८१/०८२ का लागि लक्षित कार्यक्रम र आम्दानी तथा आगामी वर्षको अनुमानित वार्षिक कार्यक्रम, निती तथा बजेट समेत प्रस्तुत गरिन ।
समुहका सचिव खगप्रसाद बुढाको संचालन रहेको कार्यक्रममा खुतखुते सामुदायिक वनले आफ्नो वन उपभोक्ता समुहका २२ जना एकल महिलाहरुलाई नगदसहित सम्मान गरेको छ भने कक्षा बालविकास देखि ८ सम्म अध्ययन गर्ने ९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

खुतखुते सामुदायिक वन बाणगंगा नगरपालिकाको सबैभन्दा उत्तरमा रहेको चुरे पाहाडसम्म फैलिएको सामुदायिक वन हो । यो समाुदायिक वनको २०६६ सालमा स्थापना भएको थियो । कुल २५३ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा २०३ घरधुरी, १०६७ वन उपभोक्ता रहेका छन् ।
यो सामुदायिक वनले विगतका केही वर्ष यता लघु उद्यमका कार्यक्रम संचालनमा जोड दिएको छ भने आफ्ना उपभोक्ताहरुलाई सिपमुलक कार्यक्रमहरुमा सहभागी बनाई स्वरोजगारमा लाग्न समेत उत्प्रेरित गरिरहेको छ ।
सामुदायिक वनका अध्यक्ष पुनले आगामी वर्षका लागि यहाँ रहेका विद्यालय उमेरका शिक्षत युवाहरुलाई सामुदायिक वनले तालिम समेत प्रदान गरी वनको नेतृत्व तहमा आउन सक्ने नागरिकको रुपमा तयार गर्ने गरी योजना बनाएको बताए । हाल यो सामुदायिक वनमा एक सामुदायिक वन एक उद्यम कार्यक्रम अन्र्तगत दुना टपरी बनाउने कार्यक्रम समेत संचालनमा रहेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया