कुलत र विकृति हटाउन युवाहरु सक्रिय बन्नुपर्छ : मुख्यमन्त्री आचार्य

कपिलवस्तु | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पुस्तामा देखिएको कुलत र विकृतीलाई हटाउन युवाहरु नै जागरुक हुनुपर्ने बताएका छन् । कपिलवस्तु स्थित बुद्धभुमी जेसिजको आयोजनामा बुद्धभुमी नगरपालिकाको सभाहलमा शुक्रबार सम्पन्न सातौं पदस्थापन समारोह तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जनचेतना प्रवाहमा पनि युवाहरुको सक्रियता हुनुपर्ने बताए । उनले युवाहरु बिभिन्न कुलत र बिकृती रोक्न प्रभावकारी रुपमा लाग्न आग्रह गरे । युवाको बिदेश पलायनलाई कम गर्न पनि युवाहरु सीपयुक्त र स्वरोजगार युक्त बनाउने बतावरण तयार गरि देशमै केहि गरौं भन्ने मनोबृत्ति तयार पार्न आवश्यक रहेको उनको भनाई छ ।

कपिलवस्तु जिल्लामा बालविवाहका घटनाहरु बढि रहेकाले यस्ता सामाजिक कुरिती बिरुद्ध युवाहरुले नै जनचेतनाको नेतृत्व लिनु पर्नेमा उनको जोड् थियो । पोषणका अवस्था सुधार गर्न र सामाजिक बिकृती बिरुद्ध प्रदेश सरकारले पालिकाहरु सँग सहकार्य गर्दै आएको उनले स्पष्ट पारें । जेसिजले देशैभर युवालाई संगठित गरेर सामाजिक बिकृती बिरुद्ध परिचालन गर्दै आएकोमा मुख्यमन्त्री आचार्यले धन्यबाद दिए ।

कार्यक्रममा भारतका लागी पुर्व नेपाली राजदुत समेत रहेका काँग्रेस नेता दिप कुमार उपाध्यायले अहिले अर्थतन्त्र कठिन मोडमा रहेको बताउदै देशले ऋणको सावा व्याज तिर्न ऋणनै लिनु पर्ने अवस्था बनेकोमा चिन्ता व्यक्त गरे । अहिले खर्च घटाउन नसक्नु चुनौतीको बिषय भएको स्पष्ट पार्दै अब युवा स्वरोगारमा जोड् दिएर युवा पलायत रोक्न ध्यान जानु पर्नेमा उनको जोड् थियो । जेसिजले देश र बिश्व व्यापी रुपमै युवा र समाज लक्षित राम्रा कामहरु गर्दै आएको जेसिजका केन्द्रिय उपाध्यक्ष सौरभ श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा जिल्लामा पत्रकारिताको क्षेत्रबाट सर्वाङ्गिण बिकासमा सहयोग पुर्याएका अग्रज पत्रकार मनोज पौडेल, शिक्षासेवी डिलाराम पौडेल, गौरक्षक काशीनाथ तिवारी र तौलिहवा आँखा अस्पतालका अध्यक्ष मनोज कुमार श्रीवास्तवलाई सम्मानित गरिएको थियो । कार्यक्रममा बोल्दै बुद्धभुमी जेसिज २०२४ का अध्यक्ष जेसी थानेश्वर अर्याल ९अच्युत० ले आफ्नो कार्यकालमा रचनात्मक कार्य गर्न सबै पक्षबाट सहयोग मिलेको बताए । जेसिजको नेतृत्वमा रहदाँ युवालाई उत्प्रेरित गर्न अवसर पाएकोमा खुसी लागेको उनले बताए । २०२४ का अध्यक्ष अर्यालले २०२५ का लागि अध्यक्ष निर्वाचित जेसी दुर्गा रिजाललाई पद हस्तान्तरण गरेका थिए ।

सञ्चारकर्मी राजेन्द्र खनालको सञ्चालनमा भएको कार्यक्रमा जेसिज २०२५ का उपाध्यक्ष जेसी रविन्द्र ठाकुरले जेसिज आस्था पाठ गराएका थिए भने जेसी सुनिल द्विवेदीले मिसन र भिजन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै जेसी रुपकराज खनालले युवा उद्यमशिलता, स्वरोगारमुलक र आत्म निर्भर बनाउने बिषयको बहस चलाउन आवश्यक रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य तथा पुर्व प्रदेशमन्त्री अर्जुन केसी, प्रदेशसभा सदस्य नवराज लामिछाने, बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ, जेसिजका कार्यकारी उपाध्यक्ष सौरभ श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

खबर सबै