

कपिलवस्तुबाट ‘बिटक्वाइन’ कारोवार आरोपमा तीन जना पक्राउ



कपिलवस्तु | अभौतिक मुद्रा (बिटक्वाइन) कारोबार गरेको आरोपमा प्रहरी तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको जयपुरका ३० वर्षीय विजेन्द्र कुमार सैनी, सोही राजस्थानका २२ वर्षीय मोनु सैनी र सोही ठाउँका ३५ वर्षीय नन्दलाल सैनी छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुको टोलीले पक्राउ गरेको हो ।
स्वीप अपरेशनमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–१ शिवपुरस्थित होटल हाइवेमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । ९ माघदेखि उक्त होटलमा बस्दै आएका उनीहरुले बिट क्वाइनको कारोबार गरेको पाइएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले जानकारी दिए ।
उनीहरूबाट २४ थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २६२ को अभौतिक मुद्राको प्रयोग गर्न नुहने कसुरमा अनुसन्धान सुरु गरिएको छ । उनीहरूविरुद्ध कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।
के हो विटक्वाइन ?
विटक्वाइन विकेन्द्रीकृत नेटवर्कको आधारमा तयार भएको विद्युतीय मुद्रा हो । जसको मूल्य यसका प्रयोगकर्ताको आधारमा तय हुन्छ । विशेषगरी इन्टरनेटमा विभिन्न भुक्तानीका लागि यसको प्रयोग हुन्छ । यसको नियन्त्रण कुनै निश्चित कम्पनी वा व्यक्तिमा नभई सबै उपभोक्तामा छ । बिटक्वाइनको निर्माण ’माइनिङ’ बाट हुने उल्लेख गरिएको छ । यसमा विशेष सफ्टवेयरले लामो समय लगाएर बिटक्वाइन बनाउने र त्यसलाई एक्सचेन्जमा खरिद बिक्री गर्ने उल्लेख छ । माइनिङको काम गर्ने व्यक्तिहरूले कारोबारको निरीक्षण गरेर यसलाई सुरक्षित राखिरहेको उल्लेख छ ।
मोबाइल र कम्प्युटरबाट बिटक्वाइनको कारोबार गर्न सकिन्छ । यस्तो मुद्रा राख्ने ग्राहकको विद्युतीय स्थानलाई वालेट नाम दिइएको छ । बिटक्वाइन नामक मुद्रा २००९ देखि प्रचलनमा आएको हो । कम्पनीका अनुसार विश्वभर १२ करोड १३ लाख ८६ हजारभन्दा बढी विटक्वाइन छन् ।
नेपालमा राष्ट्र बैंकले बिटक्वाइनलाई गैर कानुनी घोषणा गरेको छ। यो एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । यो फेसबुक इमेल र वेव साइटमा गएर युजर आडडी बनाएर खेल्न मिल्छ।
नेपालमा यसको प्रयोग सन् २०१३ तिर शुरु भएको बुझिन्छ । सन् २००९ मा १० सेन्टमा सुरु भएको बिटक्वाइनको कारोवार हाल ४३९३ डलरभन्दा बढी पुगेको छ । यसको कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन र कारोवार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन ।
यसको कारोवारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने देखिन्छ। बिटक्वाइन कारोबार गर्ने अन्य गिरोहहरु पनि नेपालमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया