

पूर्वराजा शाहले गरे कपिलवस्तुको तौलेश्वरनाथ महादेव मन्दिरमा पूजा




कपिलवस्तु । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको तौलिहवा स्थित ऐतिहासिक तौलेश्वरनाथ महादेव मन्दिरमा पूजा गरेका छन्।
उनी मंगलबार दिउँसो साढे ३ बजे मन्दिर पुगेका उनले करिब २० मिनेटसम्म पूजा गरे। पूजा कार्यक्रममा मन्दिरका प्रमुख पुजारी दुर्गेश गोसाईको नेतृत्वमा स्वस्तिक पाठसहित विधिवत पूजा सम्पन्न गरिएको थियो।
मन्दिरको ऐतिहासिक पृष्ठभूमि र धार्मिक महत्त्वबारे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताले पूर्वराजालाई जानकारी गराएका थिए।
तौलिहवा बजारको प्रशासन चोकदेखि मन्दिरसम्म नागरिकहरूको ठूलो भीडले पूर्वराजाको स्वागत गरेको थियो। पूर्वराजा शाह करिब ५ सय मिटर पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए।
यस क्रममा नागरिकहरूले उनलाई फूलमालाले सम्मान गरेका थिए। केहीले राजसंस्थाको समर्थनमा नाराबाजी गर्दै देश बचाउन आग्रह पनि गरे। कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता थियो।
शिवराज नगरपालिकाका मेयर अजय थापाले जनतामा अझै पनि राजसंस्थाप्रतिको अपार श्रद्धा र विश्वास रहेको दाबी गरे। करिब आधा घन्टा लामो कार्यक्रमपछि पूर्वराजा ज्ञानेन्द्र मन्दिरबाट भैरहवा फर्किएका थिए।
दुई सय वर्ष पुरानो तौलेश्वरनाथ महादेव मन्दिर धार्मिक र ऐतिहासिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ। यहाँका बुढापाका तथा स्थानीयहरूका अनुसार मन्दिरको महत्वले आज पनि जनताको ध्यान आकर्षित गर्दै आएको छ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया