

कपिलवस्तुको सुठौली भंसारमा मनाइयो ७३ औं अन्तरराष्ट्रिय भंसार दिवस





डिलाराम भुसाल, कपिलवस्तु । कपिलवस्तुको सुठौली भंसारमा ७३ औं अन्तरराष्ट्रिय भंसार दिवश बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाईएको छ ।
दिवशको अवसर पारेर माघ कार्यालय परिसरमा सरसफाई आयोजना गरिएको बताएको छ । साथै आज घैटो फुटाउने कार्यक्रम र सरोकारवाला निकायका प्रतिनिधी सँग अन्तरक्रिया गरिएको छ । कार्यक्रमा राजश्व संकलनको अवस्था प्रस्तुत गर्दैै सुठौली भंसार कार्यालयका भंसार प्रमुख नारायण प्रसाद गैरेले चालु आर्थिक बर्षको ६ महिनामा तोकिएको लक्ष्यको १ सय ४ प्रतिशत भंसार राजश्व संकलन गरिएको बताएका छन् ।
सुठौली भन्सारमा चालु आर्थिक २०८१/०८२ को ६ महिनाको अवधिमा ४० करोड बढी राजस्व संकलन भएको बताएको छ । साउन देखि पुस महिनाको अवधिमा ४० करोड ७८ लाख ६७ हजार राजस्व संकलन र जुन बार्षिक लक्ष्यको साढे ५० प्रतिशत बढी देखिन्छ । गैरेका अनुसार सुठौली भन्सारले ६ महिनामा तोकिएको बार्षिक लक्ष्यको ५० प्रतिशत बढी राजस्व उाठउन सफल भएको बताएका छन् । सुठौली भन्सारलाई ८० करोड बार्षिक लक्ष्य तोकिएको र गत आर्थिक बर्ष ०७९/०८० को ६ महिनाको अवधिमा करिब २० करोड मात्र राजस्व उठेको थियो । सबै भन्दा बढी मंसिर महिनामा ७ करोड २० लाख ४४ हजार लक्ष्य तोकिएकोमा १० करोड ७८ लाख ९४ हजार संकलन भएको बताएको छ । जुन मासिक लक्ष्यको झन्डै ढेड सय प्रतिशत हुन्छ । यस्तै पुसमा ७ करोड ७० लाख ४ हजार लक्ष्य तोकिएमा १० करोड ५२ लाख ४७ हजार संकलन भएको छ । कार्तिकमा ६ करोड ६० लाख ६ हजार लक्ष्य मध्ये मध्ये ५ करोड ७८ लाख ८१ हजार, असोजमा ५ करोड ८६ लाख ३५ हजार लक्ष्य मध्ये ४ करोड ७२ लाख ४३ हजार राजस्व उठेको देखिएको छ भने भदौमा ६ करोड ७२ लाख १८ हजार मध्ये४ करोड ६२ लाख७१ हजार र साउनमा ६ करोड ८ लाख ५५ हजार मध्ये ४ करोड ३३ लाख ३ हजार उठेको बताएको छ । आयत, मुल्य अभिबृद्धि कर, अन्तशुल्क कृषि सुधार शुल्क अन्य शीर्षकमा राजस्व संकलन भएको बताएको छ ।
भन्सार कार्यालयका प्रमुख नारायण गैरेले अघिल्लो आर्थिक बर्ष दोब्बर बढी राजस्व संकलन भएको बताउदै उनले फलफुल, कोईला, धान खरानी, खाद्यान्न, तरकारी र केहीअन्य सामानहरुबाट राजस्व संकलन भएको बताए । भंसारमा हाल सम्म धर्मकाटा नभएकाले हेबि ड्युटी जाँचपास हुन नसकेकोमा अब धर्मकाटा निर्माण कार्य पुरा गर्ने काम छिटै हुने बताए । यो भंसारको अन्तरराष्ट्रिय स्तरमा लोकेट गर्ने युएनएलओ कोड नभएकाले निर्यातजन्य वस्तु निर्यातमा समस्या हुदाँ भंसार राजश्व प्रभावित भएको बताएको छ । भंसार क्षेत्रको सुधारका लागी प्रशासन र सुरक्षानिकाय सँग समन्वय गरेर काम गरिएको छ ।
सुठौली भंसारलाई २०७५ साल असोज ८ गते मुल भंसार स्तरोन्नती गरिएको भए पनि न्युनतम पुर्वाधार अपुग देखिएकाले सो का लागि सबै पक्षबिच सहकार्य आवश्यक रहेको कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताएका छन् । खुल्ला सिमा नाका फाईदा र बेफाईदा लाई दृष्टिगत गरेर सबै निकायको सहकार्यमा भंसार चुहावट न्युनिकरण गर्न सकिने घिमिरेको भनाई छ ।
कार्यक्रमा उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपील) ले भंसारलाई राजश्व असुलीलाई भन्दा व्यापार सहजीकरणलाई प्राथमिकतामा राख्नु पर्ने बताएका थिए । भंसार क्षेत्रमा हुने चोरी निकासी नियन्त्रणमा सबै पक्षले समन्वय गरि भुमिका खेलेको सशस्त्र प्रहरी बल बिओपी मर्यादपुरका प्रमुख शसस्त्र प्रहरी निरिक्षक नवराज देवकोटाले बताए ।
कार्यक्रममा भंसारका लागि जग्गा उपलब्ध गराएका दाता सोभनाथ कुर्मी, उत्कृष्ट कार्य सम्पादन गरेका कर्मचारी कन्हैया चौधरी, भंसार एजेन्ट शिवकान्त गुप्ता, एजेन्ट प्रतिनिधीहरु हैदर अली रहमानी, जितेन्द्र गुप्ता, शिवकसौधन लगायतलाई सम्मान गरिएको थियो । सो अवसरमा घैटो फुटाउने खेलमा सफल भएका गुड्डु गुप्ता र बिपीन मिश्रलाई नगद पुरस्कार दिईएको थियो । कार्यक्रमा स्थानिय जिल्लाका सरोकारवाला निकाय,कम्रचारी ,संन्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया