सुप्रिम सहकारी प्रकरण : आइतबार पनि निरन्तरता दिने गरी आजकाे थुनछेक बहस सकियो

भैरहवा । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा शुक्रबारको थुनछेक बहस सकिएको छ ।

न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा शुक्रबार जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् ।

बहसपछि प्रतिवादी लामिछानेलाई परिवारको जिम्मा लगाउन अदालतले आदेश दिएको छ ।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीकाअनुसार बहसलाई आइतबार पनि निरन्तरता दिइनेछ ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

प्रतिक्रिया