

सुप्रिम सहकारी प्रकरण : आइतबार पनि निरन्तरता दिने गरी आजकाे थुनछेक बहस सकियो





भैरहवा । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा शुक्रबारको थुनछेक बहस सकिएको छ ।
न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा शुक्रबार जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् ।
बहसपछि प्रतिवादी लामिछानेलाई परिवारको जिम्मा लगाउन अदालतले आदेश दिएको छ ।
अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीकाअनुसार बहसलाई आइतबार पनि निरन्तरता दिइनेछ ।
सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया