


‘एच.पि.भी.खोप अभियान’ सबै मिलेर सफल पारौं






भोजराज पोख्रेल |
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी.खोप देशैभरी एकैसाथ अभियानको रुपमा २०८१ माघ २२ गते देखी फागुन ६ गते सम्म सन्चालन गर्न लागेको छ । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग अन्र्तरगत रहेका सम्पुर्ण खोप कार्यक्रम संचालन भएका सुचिकृत स्वास्थ्य संस्थाहरु बाट कक्षा ६ देखी कक्षा १० सम्म अध्यायन अध्यापन हुने बिधालय लाई खोप केन्द्रको रुपमा स्थापना गरी निशुल्क रुपमा राष्ट्रीय खोप अभियान सन्चान हुदैं छ ।
महिला हरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोग बाट भबिस्यका कर्णधारको रुपमा रहेका बालिका हरुलाई पुर्ण रुपमा बचाउनको लागी हरेक बाबाआमा दाजुभाई दिदिबहिनी र सम्पुर्ण स्वास्थ्यका सरोकार वालाहरुको महत्वपुर्ण भुमिका रहेको हुन्छ । भनिन्छ नि “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस ” ठिक तेसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्व को साथ हेरिएको छ । त्यास कारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरुबाट सन्चालित यो महत्वपुर्ण कार्यक्रमलाई निकै संम्बेदनशिल र अनिबार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रम को रुपमा हेरिएको छ । त्यासैले एच.पि.भी.खोप अभियान २०८१ माघ २२ गते देखी फागुन ६ गते सम्मको महान अभियानमा सम्पुर्ण सरोकार वालाहरु सहभागी भई सफल बनाउनु हामी सबैको दाईत्व र कर्तब्य हुनेछ ।
एच.पि.भी. एक प्रकारको भाईरस हो । यसलाई ह्युमन प्यापिलोमा भाईरस (Human Papiloma Vairus) -HPV_ भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाईरसको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन् । ति मध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ । भने यस मध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन भन्ने कुरा बिभिन्न अध्यायन हरुले देखाएको छ । नेपालमा ८० प्रतिसत पाठेघरको मुखको क्यान्सर यी २ प्रजाति बाट भएको पाईन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाईरसको संक्रमण बाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ । भने बिभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।
एच.पि.भी.खोपको महत्व :
खोप निशुल्क पाईन्छ , खोप शुरक्षित छ ,खोपले जिबन रक्षा गर्दछ ” खोप ठुलो जनसमुहलाई सुरक्षीत गर्ने साधन हो । अहिले एच.पि.भी. खोप १४४ देशको राष्र्टीय खोप तालिकामा समाबेश गरी किशोरी हरुलाई दिदैं आईरहेको छ । त्यासैले यसको प्रभाबकारीता शतप्रतिसत सम्म रहेको बिभिन्न अध्याएनले देखाएको छ । कक्षा ६ देखी १० कक्षा सम्मका छात्राहरु र बिधालय नजाने १० देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई मुख्यत बिधालय केन्द्रीत खोपकेन्द्र बाट एच. पि.भी. खोप दिईदैं छ । पाठेघरको मुखको क्यान्सर लाई जन स्वास्थ्य समस्याको रुपमा नरहने अबस्थामा पुर्याउन नेपाल सरकारले सन् २०३० सम्म तिनबटा स्वास्थ्य सेवाका गन्तब्य निर्धारण गरेको छ ।
१. १० देखि १४ बर्ष उमेर भित्रका किशोरी हरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिने ।
२. ३० देखि ४९ बर्ष उमेरका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण (स्क्रिनिङ्ग) गर्ने ।
३. पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरुको उपचार गर्ने ।
एच.पि.भी. खोप खभियान २०८१ देशैभरी एकै साथ २०८१ माघ २२ गते देखी फागुन ६ गते सम्म सन्चालनमा रहेको हुनाले आ.आप्mनो पाएक पर्ने टोलका बिधालयमा कहिले चल्दै छ भनेर स्वास्थ्यकर्मी हरु,सामुदायीक महिला स्वास्थ्य स्वयम सेविका, बिधालय नर्श, बिधालयका शिक्षक ,जनप्रतिनिधी र अन्य सरोकार वालाहरुलाई सोधेर जानाकारी लिऔं तर अभियानमा कोही नछुटौं । यो बर्ष कक्षा ६ देखी १० सम्मका छात्राहरु र बिधालय नजाने १० बर्ष देखी १४ बर्ष सम्मका किशोरीहरुलाई दिन लागिएको एच.पि.भी. खोप एक मात्रा लगाए पुग्दछ । किशोरीहरु महिनावारी भएको बेला पनि यो खोप लगाउन मिल्दछ । यसले नियमित हुने महिनावारी लाई कुनै असर गर्दैन । खोप लगाउदैंमा महिनावारी छिटो शुरु हुने वा ढिला हुने केही हुदैन ।
त्यासैले एच.पि.भी. खोप अभियान चलेको बेलामा केही कारण देखाएर कोही नछुटौं कोही नदाहोरिऔं । यसरी नेपाल सरकार बाट अयिानको रुपमा निशुल्कः बितरण गरीएका सबै मह्त्वपुर्ण खोप हरुलाई प्रत्येक बालबालिकाका अभिभाबक, स्वास्थ्यका सम्पुर्ण सरोकार वालाहरु ,राज्यका तिनै तहका जनप्रतिनिधी , स्वास्थ्यकर्मी , संचारकर्मी , प्रशासन लगायत सबैको आ आप्mनो तहबाट सहयोग र सहकार्यता रहेमा मात्र राज्यको यो महत्वपुर्ण कार्यको सार्थकता रहन्छ । त्यासैले सबैले मिलेर यो अभियान सफल पारौं र आ आप्mना बालिकाहरुलाई घातक रोग बाट बचाऔं ।
लेखक स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन ।

प्रतिक्रिया