

कपिलवस्तुमा बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ



कपिलवस्तु | बलात्कार मुद्दामा सात वर्ष कैद तोकिएका एक जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। जिल्लाको शुद्धोधन गाउँपालिका–२ का सोलिन्द्रर अहिर पक्राउ परेका हुन्।
कपिलवस्तुका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार उच्च अदालत बुटवल रूपन्देहीले बलात्कार मुद्दामा अहिरलाई २०७८/०९/०२ गते सात वर्ष कैद सजायको फैसला सुनाएको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए।
सुराकका आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा माघ ७ गते उनलाई पक्राउ गरेको थियो।
प्रहरीले मंगलबार अहिरलाई अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशले अहिरलाई तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया