

प्यूठानबाट २२ जना फरार प्रतिवादीहरु पक्राउ



प्युठान | जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले अभियान सञ्चालन गरेर वर्षौंदेखि फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले ८५ जना फरार प्रतिवादीमध्ये २२ जनालाई पक्राउ गर्न सफल भएको बताउनुभयो । उहाँले जबरजस्ती करणीमा सबैभन्दा बढी १३ जना, सवारी ज्यानमा ३ जना, बैङ्किङ कसुरमा २ जना र बहुविवाह, कुटपिट, गालीबेइज्जती, सार्वजनिक अपराधमा फरार १।१ जना पक्राउ परेको बताउनुभयो ।
उक्त पक्राउ परेका व्यक्तिबाट ६ वर्ष ३ महिना ११ दिन कैद असुल र १० लाख पच्चीस हजार रुपियाँ जरिवाना असुल भएको प्रहरी प्रमुख बस्यालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा २० वर्ष अगाडिका समेत रहेको उहाँले बताउनुभयो ।
प्रहरीले पछिल्लो समय सामुदायिक सचेतनाका कार्यक्रमलाई गाउँगाउमा पुगेर सञ्चालन गरेको जनाएको छ । नागरिक सुनुवाइदेखि विभिन्न अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने गरेको प्रहरी प्रमुख बस्यालले बताउनुभयो ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया