

नेपाल कबड्डी लिग आजदेखि शुरू हुँदैनेपाल कबड्डी लिग आजदेखि शुरू हुँदै

काठमाण्डौ – नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज कबड्डी, नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि शुरू हुँदैछ ।
दशरथ रङ्गशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको उद्घाटन खेलमा काठमाण्डौ माभरिक्स र पोखरा लेकर्स खेल्दैछन् । खेल बेलुका साढे ६ बजे शुरू हुने छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोकामगर काठमाण्डौका मार्की खेलाडी हुन् । काठमाण्डौले नेपालका पूर्व कप्तान सरोज सिंहको प्रशिक्षणमा तयारी गरेको छ ।
पोखरा लेकर्सको मार्कीमा प्रदीप मिजार छन् । राष्ट्रिय टोलीमा पनि प्रशिक्षण दिइसकेका विष्णुदत्त भट्टको प्रशिक्षणमा पोखरा खेल्दैछ । प्रतियोगितामा काठमाण्डौ र पोखरासहित विराटनगर ब्यान्डिट, जनकपुर नाइट्स, धनगढी वाइल्डक्याट र हिमालयन रेइडर्स गरी ६ वटा टोली सहभागी हुनेछन् ।
जनकपुरको प्रशिक्षकमा पार्वती राई र मार्कीमा रामु टमाटा छन् । विराटनगरको मार्कीमा कल्याण भुजेल र प्रशिक्षकमा लोकबहादुर विष्ट, धनगढीको मार्कीमा पदमबहादुर विष्ट र प्रशिक्षकमा महेश बोहरा, हिमालयनको मार्कीमा गणेशबहादुर पार्की तथा प्रशिक्षकमा सन्दीप पन्त र भारतका पोल्थुगान्ती सतीशकुमार रहेका छन् । सतीशकुमार भारतीय प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।
प्रतियोगितामा थाइल्यान्ड र बङ्गलादेशको समान ६, केन्या र श्रीलङ्काको समान ३ गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् ।
प्रत्येक टिममा १४ खेलाडी रहनेछ । हरेक टिमले कम्तीमा २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् भने एकै पटक दुई विदेशी खेलाडी खेल्न पाउनेछन् ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया